दक्षिण कोरियालाई पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा

काठमाडाैं | मंसिर २०, २०७९

दक्षिण कोरियालाई पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा

काठमाडौंः   विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।


नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा एकरएक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो ।


टाइब्रेकरमा क्रोएसिया ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्